रत्ननगर । कालिका नगरपालिका वडा नं ४ स्थित चित्रवन स्काउट ट्रुपका ५५ जना स्काउटका छात्रछात्राहरुको स्काउट दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्काउटर दिनेश पाण्डेले विद्यार्थीहरुलाई दीक्षित गरेका थिए ।
नेपाल स्काउट चितवनका आयुक्त तीर्थराज न्यौपानेले दीक्षित स्काउटरहरुलाई शुभकामना व्यक्त गर्दै स्काउट छात्रछात्राहरुले आफूले लिएको दीक्षा संस्था र देशको लागि सदा समर्पित रही सेवामा लाग्नुपर्ने बताए ।
कार्यक्रममा कालिका वडा नं ४ का वडाध्यक्ष कृष्णकुमार श्रेष्ठले स्काउटको सेवा भावना, परोपकार र उद्धार कार्य सराहनीय रहेको बताउँदै देश विकासमा भूमिका खेल्ने स्काउटका लागि तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानाध्यापक लक्ष्मी पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कालिका नगरका प्याब्सन अध्यक्ष चित्रबहादुर रायमाझीले स्काउटको महŒवमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा स्काउट चितवनका सदस्य सचिव रामप्रसाद पोखरेल, जिल्ला सामुदायिक विकास आयुक्त लक्ष्मीप्रसाद लम्साल, बुद्धिबहादुर गुरुङ, धर्मेन्द्रजंग रायमाझीलगायतले मन्तव्य राखेका थिए ।






प्रतिक्रिया