बिश्व घटना

अमेरिकाको ड्यालसमा पनि भव्य शिवरात्री (भिडियो सहित)

अमेरिकाको ड्यालसमा पनि भव्य शिवरात्री (भिडियो सहित)


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस)  । यसवर्षको महाशिवरात्री पर्वका अवसरमा सोमबार ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा एकहजारको हाराहारीमा नेपालीहरुले सहभागिता जनाएका छन् । 
 
सोमबार बिहानैदेखि मन्दिरमा भीड लागेको मन्दिरका मुल पुरोहित डा. शेखर पण्डितले जानकारी दिए । ड्यालसको एकमात्र नेपाली मन्दिरमा बिहानदेखिनै लागेको भक्तजनकहरुको भीड रातिसम्म थियो । साँझमा विशेष पूजा अर्चना गरिएको थियो ।
 
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलका अनुसार शिवरात्रीमा भक्तजनहरुको यति उल्लासपूर्ण सहभागिता यस अघि कमै देखिएको थियो । 
 
नयाँ मन्दिर बनेपछि नेपाली चाडपर्वहरु अझै भव्यताका साथ मनाउन सहज हुने पोखरेलले बताए ।