बिश्व घटना

भर्जिनियामा गाडीले ठक्कर दिदां वृद्ध नेपाली मृत्यु

भर्जिनियामा गाडीले ठक्कर दिदां वृद्ध नेपाली मृत्यु


हिमालयखवर संवाददाता-
अमेरिका ।  वासिङ्टन डिसी नजिक भर्जिनियाको लिजवर्ग पाइकमा भएको सडक दुर्घटनामा  एक वृद्ध नेपालीको मृत्यु भएको छ । पैदल हिडिरहेको यात्रु ७२ वर्षीय चन्द्र भण्डारीलाई ठक्कर दिएर  दुर्घटनामा संलग्न गाडी भागेको थियो । भण्डारी फल्सचर्चमा वस्दै आएको स्थानीय मिडियाले जनाएका छन् । हाईवे आई ४९५ मा उक्त  दुर्घटना भएको थियो  ।
 
फायरफ्याक्स प्रहरीले उक्त हिट एण्ड रन  दुर्घटनाको छानबिन गरिरहेको जनाएको छ । यसका लागि केही समय त्यहाँको सडक बन्द गरिएको थियो । यो  दुर्घटनामा मङ्गलवार बिहान करिब साढे ६ बजे तिर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  दुर्घटना लगत्तै उक्त नरोकी भागेको थियो । गाडीको तीव्र गति  दुर्घटनाको कारण हुन सक्ने जनाइएको छ । मृतक भण्डारी भने कुनै नशामा थिएनन् ।
 
अमेरिकामा केही समय यता मृत्यु हुने नेपालीको क्रम बढिरहेको छ । केही दिन अघि मात्र लम्जुगंका युवालाई बन्दुकधारीले गोली चलाउँदा मृत्यु भएको थियो । तस्बिर: सामाजिक संजाल