मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपाल भित्रिने रेमिट्यान्समा अमेरिकाले सबैलाई उछिन्नुको कारण के हो ?

नेपाल भित्रिने रेमिट्यान्समा अमेरिकाले सबैलाई उछिन्नुको कारण के हो ?


हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको अधिकारीहरूले बताएका छन्।
 
यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका राष्ट्रबाट धेरै रेमिट्यान्स भित्रिने गर्थ्यो भने यसपटक तिनलाई उछिनेर सबैभन्दा माथि अमेरिका आएको हो।
 
रेमिट्यान्समा सुधार हुँदैछः राष्ट्र ब्याङ्क
 
वैदेशिक रोजगार बचतपत्र किन अप्रभावकारी?
 
चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट सबैभन्दा धेरै झण्डै ८२ अर्ब रुपैयाँ विप्रेषण आएको सरकारी आँकडाले देखाउँछ।
 
कारण
 
सरकारले यसलाई गैरकानूनी रुपमा भित्रिने पैसालाई निरुत्साहित गर्न सुरु गरेका केही प्रयास सफल भएको रुपमा अर्थ्याएको छ।
 
करिब चार वर्षअघि सबैभन्दा धेरै विप्रेषण पठाउने मुलुकको सूचीमा अमेरिका पाँचौ स्थानमा रहेको थियो।
 
अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा भने त्यहाँबाट आउने रकम ह्वात्तै बढेको देखिएको राष्ट्र ब्याङ्कका विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुङ्गाना बताउँछन्।
 
"गत आर्थिक वर्षमा अमेरिकाबाट १ अर्ब ५२ करोड, साउदी अरेबियाबाट ८८ करोड, कतारबाट ७७ करोड अमेरिकी डलर आएको थियो। पछिल्लो ६ महिनामा पनि अमेरिका नै अगाडि छ।"
 
यसअघि धेरैजसो हुन्डीजस्ता अनौपचारिक बाटोमार्फत् भित्रने त्यस्तो रकम अचेल कानुनी बाटोबाट धेरै आउन थालेको र सँगसँगै अमेरिकामा नेपाली रेमिट्यान्स कम्पनीका एजेन्टहरू बढ्न थालेको राष्ट्र ब्याङ्कका अधिकारीहरु बताउँछन्।
 
विनिमय विभागका प्रमुख ढुङ्गाना थप्छन्, "खाडी देशका अर्थतन्त्रमा देखिएका केही आन्तरिक समस्याका कारण पनि त्यहाँबाट विप्रेषण पहिलेजसरी आउन सकिरहेको छैन।"
 
परिवर्तन
 
त्यसो त केही समययता नेपाल भित्रिने रेमिट्यान्सको प्रवृत्तिमा समेत परिवर्तन आएको छ।
 
गत आर्थिक वर्षको ६ महिनामा ०.५ प्रतिशतले घटेको रेमिट्यान्स आप्रवाह चालु आर्थिक वर्षको सोही अवधिमा ३०.२ प्रतिशतले वृद्धि भएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ।
 
रेमिट्यान्स आप्रवाह घट्योःराष्ट्र ब्याङ्क
 
‘अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह कम गर’
 
यस्तै अघिल्ला वर्षका तुलनामा वैदेशिक रोजगारीका लागि जाने मानिसहरूको संख्यामा कमी आउँदा पनि रेमिट्यान्स आप्रवाह भने बढेको सरकारी आँकडाले देखाउँछ।
 
यसलाई कतिपयले सकारात्मक भनेका छन् तर अर्थशास्त्रीहरू रेमिट्यान्सलाई महत्त्व दिनुभन्दा देशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताउँछन्। बिबिसी नेपालीबाट साभार गरिएको