मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छ : मन्त्री पाण्डे

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छ : मन्त्री पाण्डे


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

तानसेन (पाल्पा) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए ।

पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, “पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माण गर्न भने होटल, यातायात र पर्यटकीय गतिविधि निजी क्षेत्रले सञ्चालन गर्छ, यसका लागि निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिदिनुपर्छ ।” उनले यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित नीति तथा ऐन बनाइरहेको बताए ।

नेपाली कांग्रेसका सह–महामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले कांग्रेसले अब स्वदेशमै रोजगारका अवसरहरु सिर्जना गरी विदेश पलाउनलाई रोक्ने दिशामा आफूलाई अग्रसर बनाउन थालेको बताए ।

शेयर गर्नुहोस:

81
Shares