मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

द्रोण गौतम एनआरएनए- अमेरिकाको प्रवक्ता नियुक्त

द्रोण गौतम एनआरएनए- अमेरिकाको प्रवक्ता नियुक्त

आइटी कोअर्डिनेटरमा बिजय थापा


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

एनआरएनए अमेरिकाको विकास उप्रेती अध्यक्ष रहेको र आइसीसीले मान्यता दिएको समितिले द्रोण गौतमलाई प्रवक्ता नियुक्त गरेको छ।

करिब दुई दशकदेखि ह्युस्टनमा बस्दै आएका र नेपालमा गुल्मी जिल्ला घर भएका गौतम एनआरएन अभियानमा निकै सक्रिय व्यक्तित्व हुन्। एनआरएनए टेक्सस च्याप्टरका उपाध्यक्ष रहिसकेका गौतमले यस अघिको कार्यसमितिमा सचिवालय सदस्यका हैसियतले काम गरिसकेका छन्। ह्युस्टनको नेपाली समुदायमा चिनिएका सामाजिक व्यक्तित्व गौतम नेप्लिज एशोसिसन अफ ह्युस्टनको सल्लाहकार र पेशाले स्वास्थ्य सेवा प्रदायक संस्था- भी-केयरका कार्यकारी अधिकृत समेत हुन् ।

‘एनआरएन अभियानलाई राम्ररी बुझेकाले प्रवक्ताको जिम्मेवारी सहज ढंङ्गले निर्वाह गर्नेमा विश्वस्त देखिएका गौतम संस्थागत गतिविधिहरुको प्रचार र समुदायको प्रतिक्रिया समेत लिएर एनआरएनए- अमेरिकामालाई साँच्चिकै एनआरएनको संस्था बनाउन नेतृत्वलाई सघाउन प्रतिबद्ध देखिएकाछन्। उनका अनुसार आइसीसीसंग आबद्धता भएको राष्ट्रिय समन्वय समितिले (एनसीसी) मात्र गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गर्न सक्छ। एनआरएन अभियान अमेरिकामा मात्र सीमित भएर केही हुन्न। सबभन्दा ठूलो मध्येको एनआरएनएको अन्तराष्ट्रिय आबद्धता नहुनु भनेको समग्र एनआरएन अभियानलाई नै कमजोर बनाउनु हो—गौतमले थप प्रष्ट्याए।

यसैबीच प्रवक्तासंगै आइटी कोअर्डिनेटरमा आइटी विज्ञ समेत रहेका ओहायोका बिजय थापालाई मनोनयन गरिएको जानकारी एनआरएनए-अमेरिका-उप्रेती समुहले जानकारी गराएको छ।

शेयर गर्नुहोस:

1.8k
Shares