मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घूस लिँदालिँदै भीमफेदी कारागारका जेलर पक्राउ

घूस लिँदालिँदै भीमफेदी कारागारका जेलर पक्राउ


हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नगद घूस लिएको आरोपमा भीमफेदी कारागारका जेलरलाई पक्राउ गरेको छ । 
 
क्षेत्रीय कारागार भीमफेदीका जेलर मदन अधिकारी रु ७५ हजार घुस रकमसहित पक्राउ परेको अख्तियार हेटौँडाका उपसचिव देवकुमार राईले जानकारी दिए । 
 
राईका अनुसार जेलर अधिकारीले कैदीका चौकीदार डेनियल लामासँग रकम माग गरेको र रकम नदिए अन्यत्र जेलमा सरुवा गरिदिने धम्की दिएकाले चौकीदार लामा उक्त रकम दिएर सरुवा रोक्न तयार भएका थिए । 
 
चौकीदारका आफन्तले अख्तियारलाई खबर गरेपछि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट प्रहरी नायब उपरीक्षक केशव भट्टराईसहितको टोली कारागार पुगेको थियो । 
 
कारागारसँगैको जेलर निवासबाट घुस लिँदालिँदै अधिकारीलाई पक्राउ गरिएको उपसचिव राईले जानकारी दिए । 

शेयर गर्नुहोस:

0
Shares