मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लसएन्जल्समा तामाङ सोसाईटी अफ लसएन्जल्स ले सोनाम ल्होछार मनाउने तयारी पुरा

लसएन्जल्समा तामाङ सोसाईटी अफ लसएन्जल्स ले सोनाम ल्होछार मनाउने तयारी पुरा


लसएन्जलस (क्यालिफोर्निया)- लसएन्जल्समा तामाङ सोसाईटी अफ लसएन्जल्स ले  नयाँ बर्ष २०१९को अवसर तथा सोनाम ल्होछारको विशेष कार्यक्रम गर्ने भएका छन् । 
 
फेब्रुअरी १० तारिखमा तारा हिमालयन कुजिन आर्टेशिया शहरमा ल्होछार पर्ब विभिन्न सांस्कृतिक कार्यक्रमको सबै तयारी पुरा भएको छ ।
 
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली लसएन्जल्स नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था तामाङ समाज हो । जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्दै आईरहेको छ ।
 
प्रवासमा रहेर पनि आफ्नो संस्कृतिको जगेर्ना गर्नु सिङ्गो नेपालको लागि गौरव भएको उल्लेख गर्दै मनोरंन्जनात्मक तामाङ  म्हेनदोमाया संगितको चर्चित गायक द म्हेन्दोमाया किङ  सागर एस वाईबा तामाङको साथमा मनोरंजनात्मक 
ढंगले ल्होछार मनाउनको निम्ति संस्थाका अध्यक्ष टेक लामाले  यसै सुचना मार्फ़त लसएन्जल्सबासी सबै दाजुभाई दिदिबहिनि र सामुदायिक सदस्यहरु लाई  चुल्हो निम्तो गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares