बिश्व घटना

अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक

अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक


काठमाडौँ – अनमोल केसी अभिनीत चलचित्र 'क्याप्टेन'को ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर धमाकेदार छ ।  फिल्ममा अनमोल केसी फुटबल खेलाडिको भुमिका देखीएका छन् ।  
 
दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। फिल्मा सुनिल थापा, विल्सनविक्रम राई, राजाराम पौडेल, सरोज खनाल लगायतको अभिनय रहेको छ।
 
फिल्म फागुन १७ गते रिलिज हुने बताइएको छ ।