मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

टेक्ससमा मगर संघको अधिवेशन सम्पन्न

टेक्ससमा मगर संघको अधिवेशन सम्पन्न


ड्यालस (टेक्सस) – मगर संघ अमेरिकाको टेक्सस च्याप्टर गठन भएको छ ।
 
आइतबार अर्भिङको नेपाली मन्दिरमा आयोजित पहिलो अधिवेशनले भुवनसिंह आलेमगरको अध्यक्षतामा टेक्सस च्याप्टर गठन गरेको हो । सामाजीक अभियन्ता जनक राना तथा मगर संघ अमेरिकाका केन्द्रिय सदस्य जीवराज बुढाको पहलमा ड्यालसमा पहिलो अधिवेशन सम्पन्न भएको हो । 
 
मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप रानामगरको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले च्याप्टरको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः नरबहादुर थापामगर, भीम थापामगर, शालीक थापामगर, कमला थापामगर र रिमबहादुर थापामगर चयन भएका छन् । 
 
त्यस्तै सदस्यहरुमा कमल मगर, राजेन्द्र थापामगर, गंगा सिंजालीमगर, रविन थापामगर, साबित्री थापामगर चयन भएका छन् ।
 
ड्यालस, फोर्टवर्थ एरियामा बसोबास गर्ने अधिकांश मगर जनजातीहरु आइतबार आफ्नो जातिको संस्कृति झल्काउने भेषभुषामा सजिएर प्रस्तुत भएका थिए । नौमती बाजा सहितको सांस्कृतिक कार्यक्रम साँझ अबेरसम्म चलेको थियो ।
 
कार्यक्रममा डिएफडब्लु एरियाका सामाजीक अभियन्ताहरु जीवन जोशी, नारायण क्षेत्री, छिरिङ लामा लगायतको सकृय सहभागिता थियो ।
 

शेयर गर्नुहोस:

27
Shares