मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गाडीको ठक्करबाट दुई जनाको मृत्यु

गाडीको ठक्करबाट दुई जनाको मृत्यु


चितवन । चितवनमा डिआई गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
 
इच्छाकामना गाँउपालिका ४ लेवाटारमा मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना ६ च ३११० नम्बरको गाडीले विपरीत दिशावाट आइरहेको प्रदेश ३ हाइफोन –०२००३ प ५२१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
 
दुर्घटनामा घाइते मोटरसाइकल चालक सिन्धुपाल्चोक पाँचपोखरी थामपालकोट १ बस्ने २३ वर्षीय विवेक खनाल र सोही मोटरसाइकल पछाडि सवार सिन्धुपाल्चोक पाँचपोखरी थामपालकोट ४ का उदित बस्नेतको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 
 
ठक्कर दिने डिआई गाडी र गाडीका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

शेयर गर्नुहोस:

0
Shares