मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वाइडबडी प्रकरणमा दोषीमाथि कारबाही माग

वाइडबडी प्रकरणमा दोषीमाथि कारबाही माग


काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका गरेका छन् । 
 
रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा नेताहरुले विमान खरीद प्रकरणमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री वा सरकारी कर्मचारी जोसुकै भए पनि कारबाही गर्नुपर्ने माग गरे । 
 
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पुस २३ गते नेपाल वायु सेवा निगमको सो विमान खरीदमा संलग्नमाथि अनुसन्धान गरी कानूनी कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो । 
 
साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा लागेका सन्दर्भमा विमान खरीदमा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताए । 
 
नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले विमान खरीद प्रकरणमा पूर्वप्रधानमन्त्री नै दोषी भए पनि कारबाही हुनुपर्ने माग गरे । 
 
सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवले समितिका सभापतिले नै विमान खरीद प्रकरणमा दोषी मन्त्री र पूर्वमन्त्रीलाई कारबाही गर्ने विषय नै प्रतिवेदनबाट हटाएको भन्दै आपत्ति जनाए । रासस

शेयर गर्नुहोस:

0
Shares