भरतपुर । पूर्वयुवराज पारस शाहका समर्थकले आइतबार भरतपुर विमानस्थलमा भव्य नारा जुलुस गरेर शाहको जयगान गाएका छन् ।
पटिहानीको एउटा कार्यक्रममा सहभागी हुन बुद्ध एयरमार्फत चितवन आएका शाहलाई स्वागत गर्दै सयौँको संख्यामा उपस्थित राजावादी समूहले देशको लागि राजा चाहिएको भन्दै नाराबाजी गरेका हुन् ।
वर्तमान सरकारको रवैया र राजा नहुँदाको अवस्थामा जनतामा निराशा पैदा भएको भन्दै देशको लागि पुनः राजसंस्थाको आवश्यकता महसुस भएको एक समर्थकले बताए ।
उनीहरूले ‘राजा आउ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘श्री ५ सरकार जिन्दावाद’लगायतका नारा लगाएका थिए ।
कालो कोट र ढाका टोपीमा आएका शाहसँग फोटो खिच्नेहरूको समेत भरतपुर विमानस्थलमा बाक्लो भीड लागेको थियो ।
पत्रकारले जिज्ञासा राख्न खोज्दा पूर्वयुवराज शाहले आफू हतारमा रहेको भन्दै केही बोल्न चाहेनन् । चितवनमा पारस शाहको आगमनलाई पनि अर्थपूर्णरुपमा हेरिएको छ ।







प्रतिक्रिया