मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनजातिको अधिकार खोस्नु गलत : नेता थापा

जनजातिको अधिकार खोस्नु गलत : नेता थापा


 नेपाली कांग्रेसका नेता गगन थापाले देशको नेतृत्व गर्ने व्यक्तिले सबै जाति, भाषा र धर्मलाई समान व्यवहार गर्न सक्नुपर्ने बताएका छन् । 
 
सानो बहानामा नेपालको पहिचान बोकेको आदिवासी जनजातिको अधिकार खोस्दा वर्तमान सरकार आलोचित बनेको उनको भनाइ छ । 
 
तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनले भरतपुरमा आयोजना गरेको तमू ल्होसार कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले भने, ‘सरकारले सबै समुदाय र धर्मलाई समान व्यवहार गर्न नसक्दा आज धेरैजसो आदिवासी जनजाति समुदायको मन दुखेको छ ।’ 
 
समृद्धिको लागि नेपालको कुनै पनि सांस्कृतिक पर्व बाधक नहुने भन्दै नेता थापाले ‘तमू ल्होसारको बिदाले समृद्धि रोकिएको हो र ?’ भन्दै सरकारप्रति प्रश्न तेस्र्याए । 
 
‘त्यसैले ल्होसारको बिदालाई पुनर्वहाली गरिनुपर्छ,’ उनले भने, ‘किनकि काम गर्नेहरूलाई कुनै पर्वको बिदाले असर पार्दैन । समृद्धि भन्ने कुरा भाषणमा मात्र होइन, मनबाटै आउनुपर्छ ।’ 
 
धर्म र संस्कार व्यक्ति वा समुदायको निजी विचार र अधिकार भएकोले त्यसलाई हस्तक्षप गर्न नमिल्ने उनले बताए । 
 
समृद्धि र सद्भावको लागि नेपालको संविधानले नै अधिकार प्रदत्त गरिसकेकोले एउटा बहाना बनाएर पाउँदै आएको अधिकार खोस्न नमिल्ने भन्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका युवा नेता थापाले भने, ‘यस विषयमा नेपाली कांग्रेसको महासमिति बैठकमा समेत ठूलो बहस भएको थियो । त्यसैले संविधानले दिएको अधिकारलाई भंग गर्न खोज्नेहरूको विरूद्ध उभिन नेपाली कांग्रेस सधैँ तयार छ ।’ 
 
नेपालको पहिचान नै भाषा र धर्मसँग जोडिएको हुँदा सरकारले कुनै पनि धर्म र भाषालाई मार्न नहुने उनले बताए । 

शेयर गर्नुहोस:

0
Shares