मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘नेपालीलाई मुलुकबाहिर राखेर समृद्धि सपना साकार हुँदैन’

‘नेपालीलाई मुलुकबाहिर राखेर समृद्धि सपना साकार हुँदैन’


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीको हित र रक्षाको निम्ति विशेष कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 
 
शनिबार पार्टीको प्रवास विभागद्वारा काठमाडौँमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रवासमा रहेको ठूलो जनशक्तिबाट मुलुकमा भित्रिने पैसालाई राष्ट्रको वृहत्तर हितमा उपयोग गर्न राप्रपाले दीर्घकालीन कार्ययोजना तयार गर्ने बताए। 
 
अध्यक्ष थापाले मुलुकको आर्थिक समृद्धिमा प्रवासीको महत्वपूर्ण भूमिका रहेको भन्दै लाखौँ सिर्जनशील नेपालीलाई मुलुकबाहिर राखेर समृद्धिको कल्पना गर्न नसकिने बताए । 
 
उनले नेपालको कूल आयको ३० प्रतिशत विप्रेषणको रुपमा देशमा भित्रिरहेको भन्दै नेपाली जनसङ्ख्या ठूलो हिस्सा विदेश पलायन हुनु तथा विप्रेषणको सही सदुपयोग नहुनु चिन्ताको विषय बनेको बताए । 
 
राप्रपा वैचारिक दृष्टिकोणबाट मात्र फरक नभएको उल्लेख गर्दै उनले खुला बजारमुखी अर्थतन्त्रलाई राष्ट्रको आर्थिक समृद्धिको रूपमा आत्मसातसमेत गरेको बताए । 
 
राजनैतिक, सामाजिक र आर्थिक दृष्टिकोणबाट राप्रपा फरक पार्टी बनाउन आफू लागिपरेको र जनतालाई बुझाउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको नेता थापाको भनाइ थियो । 

शेयर गर्नुहोस:

0
Shares