बिश्व घटना

शनिबार युएनएले ‘मिट दी ग्रीट’ कार्यक्रम गर्दै

शनिबार युएनएले ‘मिट दी ग्रीट’ कार्यक्रम गर्दै


ड्यालस (टेक्सस) – युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले डिसेम्बर २२ शनिबार ड्यालसमा विशेष कार्यक्रम आयोजना गरेर अमेरिकाको नेपाली समुदायमा योगदान दिनेहरुको सम्मान गर्ने भएको छ ।
 
‘मिट दी ग्रीट’ नाम दिइएको यो कार्यक्रममा सहभागी हुन आफैँले बनाएको विमान उँडाएर कीर्तिमान कायम गरेका प्रमोद रेग्मी ड्यालस आइसकेका छन् । रेग्मी कार्यक्रमका मुख्य वक्ता तथा प्रमुख अतिथि समेत हुन् । 
 
युएनएका अध्यक्ष बीएन पन्तका अनुसार यो कार्यक्रमको प्रमुख लक्ष्य युबाहरुलाई मुलधारमा प्रवेश गर्न चाहिने सम्पूर्ण सहयोग उपलब्ध गराउने उद्देश्यले गठन गरिएको संस्था हो । एमआइटी देखि युनिभर्सिटी अफ अस्टिनमा अध्यनरत नेपाली युबाहरुको समेत सहभागिता रहने कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष पासांग लामाले  जानकारी दिए ।
 
एएनएले हरेक वर्ष भव्यताका साथ सम्मेलन गर्दै आएको थियो । दोस्रो सम्मेलन सन् २०१८ मा ड्यालसमा गरेकोमा तेस्रो सम्मेलन न्यूयोर्कमा गर्ने तयारी भैरहेको समेत जनाइएको छ । 
शनिबार ठीक साढे पाँच बजे हिल्टन होटल गार्डेन इनमा कार्यक्रम सुरु हुनेछ ।