मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

शनिबार युएनएले ‘मिट दी ग्रीट’ कार्यक्रम गर्दै

शनिबार युएनएले ‘मिट दी ग्रीट’ कार्यक्रम गर्दै


ड्यालस (टेक्सस) – युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले डिसेम्बर २२ शनिबार ड्यालसमा विशेष कार्यक्रम आयोजना गरेर अमेरिकाको नेपाली समुदायमा योगदान दिनेहरुको सम्मान गर्ने भएको छ ।
 
‘मिट दी ग्रीट’ नाम दिइएको यो कार्यक्रममा सहभागी हुन आफैँले बनाएको विमान उँडाएर कीर्तिमान कायम गरेका प्रमोद रेग्मी ड्यालस आइसकेका छन् । रेग्मी कार्यक्रमका मुख्य वक्ता तथा प्रमुख अतिथि समेत हुन् । 
 
युएनएका अध्यक्ष बीएन पन्तका अनुसार यो कार्यक्रमको प्रमुख लक्ष्य युबाहरुलाई मुलधारमा प्रवेश गर्न चाहिने सम्पूर्ण सहयोग उपलब्ध गराउने उद्देश्यले गठन गरिएको संस्था हो । एमआइटी देखि युनिभर्सिटी अफ अस्टिनमा अध्यनरत नेपाली युबाहरुको समेत सहभागिता रहने कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष पासांग लामाले  जानकारी दिए ।
 
एएनएले हरेक वर्ष भव्यताका साथ सम्मेलन गर्दै आएको थियो । दोस्रो सम्मेलन सन् २०१८ मा ड्यालसमा गरेकोमा तेस्रो सम्मेलन न्यूयोर्कमा गर्ने तयारी भैरहेको समेत जनाइएको छ । 
शनिबार ठीक साढे पाँच बजे हिल्टन होटल गार्डेन इनमा कार्यक्रम सुरु हुनेछ ।
 

शेयर गर्नुहोस:

0
Shares