चितवन । जाडो बढेसंगै चितवनको विकट इच्छाकामनामा चेपाङ समुदायलाई सिरक वितरण गरिएको छ । इच्छाकामना गाँउपालिकाको तोलाङमा रहेका चेपाङ परिवारलाई फाइबरको सिरक वितरण गरिएको हो ।
चिसो बढेसंगै जोखिमबाट जोगाउन भरतपुर महानगरपालिका १४ स्थित शिवनगरमा रहेको शिवशक्ति युवा क्लबले फाईवजर सिरक वितरण गरेको हो । विपन्न परिवारको सहयोगार्थ संचालित कार्यक्रमबाट संकलित रकमबाट सिरक बाँडिएको हो ।
जाडोमा न्यानो कपडा बाड्ने कार्यक्रम अन्तरगत क्लबले सहयोग जुटाएको क्लबका अध्यक्ष शुभाष भण्डारीले बताए ।
इच्छाकामना गाउँपालिकाको ठाडो खोला गाउँका विपन्न चेपाङ्ग र इच्छाकामना मन्दिर नजिकै रहेको ऐतिहासिक गुरुङ गाउँका आमा समुह गरी ६० थान फाइबर सिरक वितरण गरिएको हो ।
क्लबले यसअघि पनि विपन्न समुदायलाई सहयोग जुटाउदै आएको छ । यसपटक सुप्रिम फिड्स प्रोडक्टले सहयोग गरेको थियो । क्लबले सहयोग अभियान थालेपछि सिरक सहयोग गरेको संचालक प्रकाश चापागाईंले बताए । सहयोग अभियान मार्फत देश विदेशबाटसमेत सहयोग जुटाइएको थियो ।
चिसो बढेपछि आढ्ने कपडाको अभावमा वृद्धवृद्धा, बालबालिका, सुत्केरी महिला जोखिममा परेका छन । जाडोमा न्यानो लुगा वितरणमा विकटमा जाने गरेको गामबेँशी चेपाङ अभियन्ता केपीकिरण शर्माले बताए ।
समन्वय गरेर क्लबका सल्लाहकार ‘चिसोले बालबालिका र बृद्ध बढी जोखिममा छन्’ शर्माले भने ‘ यसरी हुने सहयोगबाट धेरैले जाडोबाट जोगिन पाएका छन् ।’







प्रतिक्रिया