काठमाडौं– पूर्व प्रधानमन्त्री एवं मन्त्रिपरिषद् उपाध्यक्ष डा. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ। उनि वरिष्ठ राजनीतिज्ञका रुपमा पनि परिचित थिए । पारिवारिक स्रोतका अनुसार मंगलबार बिहान बुढानिलकण्ठ स्थित निवासमा उनको निधन भएको हो।
राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन थालेपछि उनी मन्त्रिपरिषदको उपाध्यक्ष बनेर समेत काम गरेका थिए। बीपी कोइरालाका आलोचक रहेकै कारण राजा महेन्द्रको विश्वास जितेर पञ्चायतकालमा उनी प्रधानमन्त्री भएका थिए।
राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका थिए ।पञ्चायत अघि नेपाली कांग्रेसको सरकारमा मन्त्री रहेका गिरी कांग्रेसको महामन्त्री समेत भएका थिए।
उनलाई केही दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट घर लगिएको थियो। गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् । गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने बताइएको छ ।
प्रतिक्रिया