मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोटर मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मोटर मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु


टीकापुर । आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । 
 
टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो । 
 
उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले बताए । 
 
मोटरसाइकल चालक पवन पाण्डेको हात भाँच्चिएको छ, उहा“को कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डन्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ । 
मोटरसाइकल चालक पवनका जीवान्नद मामा र विष्णु भिनाजु रहेको पारिवारिक स्रोतले जनाएको छ । 
 
यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दीपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाइते भई उपचारका लागि कोहलपुर लगिएकोमा उहाँको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । 
 
मृतक जीवानन्द र विष्णुको शव टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याउन लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares