मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पोखरा त स्वर्गकै टुक्रा पो रहेछ : फिलिपिनो राजकुमारी

पोखरा त स्वर्गकै टुक्रा पो रहेछ : फिलिपिनो राजकुमारी


पोखरा । सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गरेकी छन् । 
 
पहिलो पल्ट पोखरा आएकी उनले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताइन् । उनी थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आएकी हुन् । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुन् । 
 
सोही अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आएका डा अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गरिन् । 
 
“एशियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित शहर रहेछ । यहाँको वातावरण नै रमणीय लाग्यो । प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर”, उनले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताइन् । 
 
उनले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताइन् । पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उनले टीकासमेत लगाइन् । उनीसँगै रहेका सामाजिक अभियानकर्मी चाइचानाले पनि पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिए । 
 
उनीहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गरेका हुन् । हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिए । 
 
ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाएकी डा मारियाले शिक्षा स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्गका क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पु¥याउँदै आएकी छन् । त्यसैगरी चाइचान पनि नमोबुद्ध क्लबका अध्यक्ष हुन् । सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएकी उनी अन्तर्राष्ट्रिय महिला शान्ति समूहका शान्तिदूतसमेत हुन् । 
 
मानवीय सेवा नै शान्तिको आधार भएको चाइचानाले बताइन् । महिला, ज्येष्ठ नागरिक र बालबालिकाका क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएकी उनले आफ्नो जीवनको ऊर्जाशील समयलाई मानवीय सेवामा अर्पण गरिने बताइन् ।
 
पोखरामा उनीहरुलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशिका परिणिताले स्वागत गरेकी थिइन् । उनीहरुले शान्तिको विकल्प छैन भन्दै मनबाट शान्तिको कामना गरेर सकारात्मक सोच राख्दै अघि बढे हिंसा घट्दै जाने विचार राखेका थिए । रासस

शेयर गर्नुहोस:

0
Shares