मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा कात्तिकमा २४ दुर्घटना, ११ जनाको मृत्यु

चितवनमा कात्तिकमा २४ दुर्घटना, ११ जनाको मृत्यु


भरतपुर । चितवनमा कात्तिक महिनामा मात्र सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएका जानकारीअनुसार गत कात्तिक महिनामा भएका जम्मा २४ वटा दुर्घटनाका घटनामा ११ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५९ जना घाइते भएका छन् ।
 
त्यसैगरी कात्तिक महिनाभर ५३ जनालाई मादक पदार्थ सेवनको कारबाही गरेर ५४ हजार ५०० राजस्व पनि संकलन गरेको छ । 
 
ट्राफिक प्रहरीले दुई हजार ८४७ सवारीलाई कारबाही गर्दा २१ लख ४७ हजार राजस्व आम्दानी पनि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
 
मोटरसाइकल चालकहरुले मोटरसाइकल तीव्र गतिमा चलाउने एवं मापसे गरि चलाउंदा पनि सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या उच्च रहको हो । 
 
ट्राफिक प्रमुख गौतमले विद्यालय तहमा ट्राफिक नियमबारे विद्यार्थीहरुलाई जानकारी गराइएको बताउँदै ओभरटेक गर्ने नयाँ नियमबारे भर्खरमात्रै सवारी चालकहरुबीच सचेतना कार्यक्रम गरिएको बताए । 
 
दुर्घटना कम गर्ने प्रयासहरु भइरहे पनि जथाभावी ओभरटेक नगर्न सवारी चालकहरुलाई आग्रह गरे । सवारी दुर्घटना न्यूनीकरण गर्न मेटिसकेका जेब्राक्रसिङको ठाउँमा पुनः अर्को पेन्टिङ गर्ने पहल भइरहेको जानकारी दिए । 

शेयर गर्नुहोस:

0
Shares