मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीन महिनाभित्र पार्टी एकता टुङ्गिन्छ : प्रचण्ड

तीन महिनाभित्र पार्टी एकता टुङ्गिन्छ : प्रचण्ड


दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताएका छन् । 
 
दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले सोमबार आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनमा उनले प्राविधिक कारणले पार्टी एकताको कार्य ढिलाई भएको उल्लेख गरे । 
 
“दुई जना अध्यक्षसहित मङ्सिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुङ्ग्याउने, केन्द्रीय समितिका कार्य विभाजनको प्रस्ताव टुङ्ग्याउने र जिल्ला कमिटीका पदाधिकारी टुङ्ग्याउने ढङ्गले जाने तयारी भएको छ”, दाहालले भने । 
 
पार्टी एकतामा कुनै विवाद नभएको स्पष्ट पार्दै उनले भने, “तपाईंहरूलाई नेतामा विवाद भएर, अन्तरविरोध परेर पार्टी एकता नटुङ्गिएको हो कि भन्ने लागेको हुनसक्छ । तर, कमिटी बनाउन विवाद, झमेला भएर ढिलाइ भएको होइन ।” 
उनले जनमानसमा सरकारको केही आलोचना भए पनि सरकारले लोकप्रिय कार्य गरेको दाबी गरे । 
 
रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगितामा दोलखालगायत देशभरका ११ समूहको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि रु १० लाख रहेको आयोजकले बताएको छ । 

शेयर गर्नुहोस:

0
Shares