भरतपुर । पूर्वी चितवनको कालिका नगरपालिका ६ बस्ने २४ वर्षीय सुदीप सापकोटाको अवस्था विगत चार दिनदेखि अज्ञात छ । गत सोमबारदेखि बेपत्ता उनको खोजीमा प्रहरी प्रशासन र आफन्त लागे पनि अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
प्रहरीले उनको मोबाइल टे«स गरेर हेर्दा सिम प्रयोगमा छैन । उनको लोकेसन काठमाडौँ देखाएको छ । मोबाइलबाट भने इन्टरनेट चलाइएको प्रहरीले जनाएको छ । ‘बिहीबार दिउँसो १२ बजेको समयसम्ममा पनि इन्टरनेट उक्त मोबाइलबाट प्रयोग भएको देखिन्छ’, उनका बुबा गंगाप्रसादले भने । मोबाइल अरुले नै प्रयोग गरे वा उनै सुदीपले भन्ने यकिन भएको छैन ।
गत सोमबार नारायणगढबाट किनमेल गरी पुल्चोकदेखि क्याम्पस गेटसम्म जान भनी म्याजिक चढेका उनी कहाँबाट कतिखेर हराए भन्ने पत्तो पाउन सकिएको छैन । आगामी मंसिर ४ गते सुदीपको अस्ट्रेलिया उडानको कापर्यक्रम रहेको थियो ।
भारतमा बसेर कम्प्युटर इन्जिनियरिङ पढेका उनको विभिन्न सीमानाकामा चेकजाँचका लागि फोटो पठाइएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । सामाजिक सञ्जालमा पनि उनकोे खोजीका लागि व्यापक आग्रह गरिएको छ ।
प्रतिक्रिया