मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पत्रकार राइमाथि भएको हमलाप्रति नेजाको भत्सर्ना

पत्रकार राइमाथि भएको हमलाप्रति नेजाको भत्सर्ना


न्यूयोर्क (अमेरिका) – पत्रकार लोकमणि राइमाथि विहीबार न्यूयोर्कमा सांघातिक अाक्रमण भएको छ । 
 
अमेरिकाबाट प्रकाशित हुँदै आएको ‘बिआरटी नेपाल’ अनलाईनका सम्पादक राईलाइ समाचार लेखेकै अाधारमा उमेश राइ भन्ने व्यक्तितले कुटपिट गरेका हुन् । सम्पादक राइमाथि भएको कुटपिटको नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले भत्सर्ना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । 
 
नेजाले शुक्रबार विज्ञप्ती जारी गर्दै राइलाइ अमेरिका भ्रमणको क्रममा रहेका नेपालका प्रदेश नं. १ का मुख्यमन्त्रीको विषयमा बिआरटि नेपालमा प्रकाशित समाचारको  बिषयलाइ लिएर न्यूयोर्कमा उमेश राइले कुटपिट गरेको उल्लेख गर्दै समाचार लेखेकै अाधारमा अाक्रमण हुनु निकृष्ट अराजकता भएको उल्लेख गरेको छ । 
 
घटना अनुसार बिहिबार राति साढे ११ बजे किरात राई सोसाइटी अफ अमेरिकाको तिहार कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा सम्पादक राइलाइ ‘हातमा कलम छ भन्दैमा जे पनि लेख्ने’ भन्दै उमेश राइले मुख्का हानेका थिए । मुक्काको कारण पत्रकार राईको नाकमा चोट लागेको छ । राईलाई प्रहरीले तत्काल अस्पताल पुर्याएका थिए । 
 
नेजाले विज्ञप्तीमा उल्लेख गरेको छ–'अमेरिका जस्तो उदाहरणीय प्रेस स्वतन्त्रता भएको मुलुकमा समाचार लेखेकै भरमा पत्रकार कुटिनु निकृष्ट अराजकता हो । यस्ता निन्दनिय हर्कतको नेपाल अमेरिका पत्रकार संघ घोर भत्सर्ना गर्दै दोषी माथि तत्काल कारबाही माग गर्दछ । साथै अमेरिकामा हालैका दिनहरुमा बिभिन्न व्यक्ति तथा संस्थाहरुले सामाजीक संजालमा पत्रकारको पेशागत मर्यादामाथि धम्कि दिँदै अशोभनिय र निराधार लाञ्छना लगाउने कार्यहरु देखिएकोले त्यस्ता कार्यहरु रोक्न समेत नेजा ध्यानाकर्षण गर्दछ ।

शेयर गर्नुहोस:

0
Shares