न्यूयोर्क (अमेरिका) – पत्रकार लोकमणि राइमाथि विहीबार न्यूयोर्कमा सांघातिक अाक्रमण भएको छ ।
अमेरिकाबाट प्रकाशित हुँदै आएको ‘बिआरटी नेपाल’ अनलाईनका सम्पादक राईलाइ समाचार लेखेकै अाधारमा उमेश राइ भन्ने व्यक्तितले कुटपिट गरेका हुन् । सम्पादक राइमाथि भएको कुटपिटको नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले भत्सर्ना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।
नेजाले शुक्रबार विज्ञप्ती जारी गर्दै राइलाइ अमेरिका भ्रमणको क्रममा रहेका नेपालका प्रदेश नं. १ का मुख्यमन्त्रीको विषयमा बिआरटि नेपालमा प्रकाशित समाचारको बिषयलाइ लिएर न्यूयोर्कमा उमेश राइले कुटपिट गरेको उल्लेख गर्दै समाचार लेखेकै अाधारमा अाक्रमण हुनु निकृष्ट अराजकता भएको उल्लेख गरेको छ ।
घटना अनुसार बिहिबार राति साढे ११ बजे किरात राई सोसाइटी अफ अमेरिकाको तिहार कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा सम्पादक राइलाइ ‘हातमा कलम छ भन्दैमा जे पनि लेख्ने’ भन्दै उमेश राइले मुख्का हानेका थिए । मुक्काको कारण पत्रकार राईको नाकमा चोट लागेको छ । राईलाई प्रहरीले तत्काल अस्पताल पुर्याएका थिए ।
नेजाले विज्ञप्तीमा उल्लेख गरेको छ–'अमेरिका जस्तो उदाहरणीय प्रेस स्वतन्त्रता भएको मुलुकमा समाचार लेखेकै भरमा पत्रकार कुटिनु निकृष्ट अराजकता हो । यस्ता निन्दनिय हर्कतको नेपाल अमेरिका पत्रकार संघ घोर भत्सर्ना गर्दै दोषी माथि तत्काल कारबाही माग गर्दछ । साथै अमेरिकामा हालैका दिनहरुमा बिभिन्न व्यक्ति तथा संस्थाहरुले सामाजीक संजालमा पत्रकारको पेशागत मर्यादामाथि धम्कि दिँदै अशोभनिय र निराधार लाञ्छना लगाउने कार्यहरु देखिएकोले त्यस्ता कार्यहरु रोक्न समेत नेजा ध्यानाकर्षण गर्दछ ।
प्रतिक्रिया