चितवन । नारायणी नदीमा पौडी खेल्न गएका एक बालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर–१ पोखरा बसपार्कनजिक नारायणी नदी किनारमा पौडी खेल्न गएका भरतपुर–२ का १० वर्षीयय राजन भट्टराई बेपत्ता भएका हुन् ।
भानु माविमा कक्षा ४ मा अध्ययनरत भट्टराई शुक्रबारदेखि बेपत्ता भएका हुन् ।
बालक हराएको थाहा पाएपछि परिवारले शुक्रबार अन्य क्षेत्रमा सोधखोज गरेको र शनिबार मात्र प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको टोलीले बालकको ब्याग र सर्ट नदी किनारमा फेला पारेको छ । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रतिक्रिया