मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टीभित्र एकताको खाँचो छ : महामन्त्री कोइराला

पार्टीभित्र एकताको खाँचो छ : महामन्त्री कोइराला


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताएका छन् । 
 
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उनले भने, “काँग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन सक्दैन ।” 
 
“इतिहास, सिद्धान्त र कार्यकर्तामा काँग्रेस बलियो छ तर निर्वाचनमा किन पराजय हुन्छ? ” उनले प्रश्न गरे । 
 
महामन्त्री डा। कोइरालाले आउँदो निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गर्दै महामानव बीपी कोइरालाको हातबाट लेखिएको पार्टीको विधान संविधानअनुसार परिवर्तन हुन लागेको जानकारी दिए । 
 
काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले संशोधन हुन लागेको पार्टीको विधानमा सभापतिलाई बलियो बनाए पार्टीभित्र निरंकुशता हावी हुने उल्लेख गर्दै सभापतिलाई बलियो बनाउने कुरा स्वीकार्य हुन नसक्ने उल्लेख गरे । 
नेता डा कोइरालाले दुईतिहाइ कम्युनिष्टको सरकार संविधानको भावना र मर्मलाई बुझेर अगाडि नबढेको बताए । 
 
काङ्ग्रेस नेता एवं सांसद भीमसेनदास प्रधानले पार्टी बलियो बनाउन काङ्ग्रेसभित्र वृहद एकताको खाँचो रहेको उल्लेख गर्दै राजनीतिक मुद्दामा काङ्ग्रेसले जितेपनि निर्वाचनमा पराजय भोगेको धारणा व्यक्त गरे । 
 
प्रजातान्त्रिक प्राध्यापक सङ्घ रत्नराज्य क्याम्पसका अध्यक्ष उद्धव सिग्देल, उपाध्यक्ष सिर्जना श्रेष्ठ, रत्नराज्य क्याम्पसका संस्थापक अध्यक्ष सुनिलकुमार पौडेल, सङ्घका पूर्वअध्यक्ष बासुदेव घिमिरे, महासचिव राजेन्द्र गौतम, प्रा डा जीवराज पोखरेललगायतले पार्टीले बुद्धिजीवीका विचारलाई लिएर अगाडि बढेमात्र सफल हुने धारणा व्यक्त गरेका थिए । 
 
कार्यक्रममा महामन्त्री कोइरालाले क्याम्पसबाट हरेक वर्ष प्रकाशित हुने जर्नल ‘लोकदृष्टि’को विमोचन गरे । सोही अवसरमा महामन्त्री कोइराला, सांसद प्रधान र प्रजातान्त्रिक प्राध्यापक सङ्घ रत्नराज्य क्याम्पसका संस्थापक अध्यक्ष पौडेललाई सम्मानसमेत गरिएको थियो । 

शेयर गर्नुहोस:

0
Shares