मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको ज्यादतीविरुद्ध एक हुन महामन्त्रीको आग्रह

सरकारको ज्यादतीविरुद्ध एक हुन महामन्त्रीको आग्रह


चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान ओली सरकारको ज्यादतीविरुद्ध सबै कार्यकर्तालाई एक भएर अघि बढ्न निर्देशन दिएका छन् । 
 
नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० ले मंगलबार भरतपुरमा आयोजना गरेको प्रजातन्त्रका सेनानी सुदीप तिमिल्सिनाको १३ औं दिनको पूण्यतिथिमा आयोजित शोक सभामा उनले कांग्रेसलाई पहिलो शक्तिको रुपमा अघि ल्याउने गरी काम भइरहेको बताए ।
 
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निष्ठावान् भएर काम गर्न उनले आग्रह गरेका थिए ।  
 
महामन्त्री शशांकले स्व. तिमिल्सिनाले देखाएको बाटोमा हिँडन कांग्रेस कार्यकर्तालाई आग्रह गरेका थिए । तिमिल्सिनाको घरमा २०४६ सालको आन्दोलनको समयमा योजनाहरु बनाउने र दस्ताबेज राख्ने काम भएको स्मरण गर्दै उनले भने, ‘कांग्रेस सधैँ उहाँले देखाउनु भएको बाटोमा हिँड्छ ।’
 
तिमिल्सिनाका दुई छोरा एक छोरी र एक श्रीमती छन् । उनको ८४ वर्षको उमेरमा निधन भएको थियो । 
 
नेपाली कांग्रेसका वडा सभापति ध्रुवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजीव न्यौपाने, पूर्वसांसदहरु भीमबहादुर श्रेष्ठ, सावित्री बोगटी पाठक, महासमिति सदस्यहरु प्रकाश अधिकारी, राजेश्वर खनाललगायतले मन्तव्य दिएका थिए । 

शेयर गर्नुहोस:

0
Shares