मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता

शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता


सल्लेरी । शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी आज तालमा डुबेर बेपत्ता भएका छन् । 
 
खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुक्रबार भ्रमणमा निस्केका थिए । तालमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 
 
बेपत्ता हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अन्दाजी १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, अन्दाजी १६ वर्षीय पेम्बा नुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का अन्दाजी १६ वर्षीय सुनील बराइली रहेका छन् । 
 
घटनासम्बन्धी सूचना प्राप्त हुनासाथ सिम्रिक एयरको हेलिकप्टरमार्फत स्थानीयसहित प्रहरी चौकी खुम्जुङबाट खटिएको प्रहरी टोलीलाई प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक पराजुलीले जानकारी दिए । 
 
उक्त स्थानमा फोन सम्पर्कसमेत नहुँदा घटनाको थप विवरण आउन बाँकी रहेको पनि उनले बताए । रासस 
 

शेयर गर्नुहोस:

0
Shares