मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिप दुर्घटनामा दुई बेपत्ता, उद्धारमा समस्या

जिप दुर्घटनामा दुई बेपत्ता, उद्धारमा समस्या


पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा आज साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । 
 
बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन । 
 
ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो । गाडी सडकदेखि करीब ७० मिटर तल खस्दा बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
 
रिब्दीकोट गाउँपालिका–६, वडाध्यक्ष तुलबहादुर जिसीका अनुसार घटनास्थल निकै अप्ठ्यारो स्थानमा भएकाले उद्धारमा कठिनाइँ भएको छ । आइतबार बिहान ५ बजेदेखि नै उद्धार कार्य जारी राख्ने उनले जानकारी दिए ।

शेयर गर्नुहोस:

0
Shares