मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कर वृद्धिप्रति कांग्रेसको आपत्ति, साउन १५ गते शक्ति प्रदर्शन

कर वृद्धिप्रति कांग्रेसको आपत्ति, साउन १५ गते शक्ति प्रदर्शन


चितवन । चितवनका स्थानीय सरकारले दशौँ गुणा कर बढाएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले आइतबार कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी भरतपुर महानगर र रत्ननगर नगरपालिकाले एक हजार प्रतिशतसम्म कर बढाएको आरोप लगाएको छ । 
 
नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पहिला ६ सय भएको कर अहिले ६ हजार बनाइएको बताए । उनले भने, ‘नगरपालिका होस् वा गाउँपालिका अवैधानिक ढंगबाट चर्कोरुपमा लगाइएका सम्पूर्ण करहरु खारेज हुनुपर्छ ।’ 
 
यसैबीच, भरतपुर महानगरपालिकाले भरतपुरको बीपी कोइराला क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने योजना अघि सारेपछि नेपाली कांग्रेस चितवनले आपत्ति जनाएको छ ।
 
सभापति श्रेष्ठले बीपी कोइरालाको नाम नै मेट्ने गरी, अस्पताललाई ध्वस्त पार्ने नीति अँगाल्दै अस्पतालको जग्गामा सिटी हल बनाउन लागिएको आरोप लगाए । उनले भने, ‘गुरूयोजनाअनुसार क्यान्सर अस्पतालको विकास र विस्तार गरी क्यान्सर एकेडेमी निर्माण गर्नुपर्ने ठाउँमा सिटी हलको कुरो कहाँबाट आयो रु’ अस्पतालको जग्गामा सिटी हल निर्माणको योजना तत्काल बदर गर्न उनले माग गरे । 
 
नेपाली कांग्रेस चितवनले केन्द्रीय निर्देशनअनुसार साउन १५ गते चितवनमा पनि शक्ति प्रदर्शन गर्ने भएको छ । दिउँसो १२ बजे भरतपुरको चौबिसकोठीमा जम्मा हुने र पुल्चोकसम्म विरोध ¥याली निकाल्ने कांग्रेस चितवनले जनाएको छ । उसले १५ बुँदे मागसहित सडकमा उत्रेको छ ।
 
स्थानीय कर वृद्धि खारेजदेखि अनियन्त्रित मूल्यवृद्धि, भ्रष्टचार, कालोबजारी, मिलेमतोको ठेकेदारी प्रथा बन्द गर्नलगायतका माग समेटिएको छ । तीन पांग्रे सवारी चालक मजदुरमाथि भएको दमनको समेत विरोध गर्दै ती समस्या वार्ताबाट समाधान गर्न माग गरिएको छ । 
 
यस्तै, नेपाल तरूण दल चितवन क्षेत्र नं २ र रत्ननगर नगर समितिको संयुक्त आयोजनामा चितवनमा हुने विशाल विरोध ¥यालीमा सम्पूर्ण तरूणहरुलाई उपस्थितिको लागि जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको चितवन क्षेत्र नं २ का सभापति बुद्धि गुरूङले जानकारी दिए । 
 
तरूण दल जिल्ला सभापति राजन ताम्राकारको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जिल्ला सचिव प्रल्हाद उप्रेती, महाधिवेशन प्रतिनिधि तेजेन्द्र कुँवरलगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस:

0
Shares