मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आतंककारीले चलखेल गर्न सक्नेतर्फ चनाखो रहन अमेरिकी राजदूतको सुझाव

आतंककारीले चलखेल गर्न सक्नेतर्फ चनाखो रहन अमेरिकी राजदूतको सुझाव


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार अपराह्न नेपालस्थित अमेरिकी राजदूत अलाइन बी टेप्लिजले रक्षा मन्त्रालयमा बिदाइ भेट गरी खुला सीमा भएकाले आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने बढी सम्भावना भएकोतर्फ चनाखो रहन सुझाव दिएकी छन् । 
 
आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर स्वदेश फर्किनुअघि राजदूत टेप्लिजले नेपालको राजनीतिमा आएको परिवर्तनलाई सकारात्मक रुपले अमेरिकाले हेरेको बताउँदै नेपालको संक्रमणकालीन अवस्थालाई नेपाली जनता र राजनीतिक नेतृत्वले बुद्धिमतापूर्ण तवरले व्यवस्थापन गरेकामा प्रशंसा गरिन् । 
 
संविधान निर्माण र कार्यान्वयनका क्रममा स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनजस्ता केही महत्वपूर्ण कार्यलाई आफूले नजिकबाट हेर्ने मौका पाएको र त्यसबाट आफू सन्तुष्ट रहेको भनाइ उनले व्यक्त गरिन् । 
 
अमेरिका विकासको साझेदार मात्र नभई घनिष्ठ मित्र रहेको बताउँदै अमेरिकी राजदूतले आतंककारी क्रियाकलापको नियन्त्रणका लागि आवश्यक पर्दा नेपाल सरकारलाई अमेरिकी सरकारले सहयोग गर्ने विश्वाससमेत दिलाएको मन्त्रालयले जनाएको छ । 
 
भेटमा रक्षामन्त्री पोखरेलले संक्रमणकालीन उतारचढावमा राजदूतले नेपाली सञ्चारमाध्यममा दिएका अभिव्यक्ति सन्तुलित रहेको बताइन् । उनले नेपाल एउटा सार्वभौमसत्ता मुलुक भएकाले छिमेकी तथा विभिन्न मित्रराष्ट्रको सहयोग र सद्भावको आवश्यकता सदैव पर्ने तर देशको आन्तरिक समस्या भने आफैँले समाधान गर्नुपर्छ भन्ने कुरामा नेपाली जनता सदैव सचेत रहेको बताइन् । रासस

शेयर गर्नुहोस:

0
Shares