चितवन । चितवनको भरतपुर महानगर ३ बाह्रघरेस्थित श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालकलाई चितवन जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ ।
केन्द्रमा आश्रित दुई महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा मुद्दा चलेका केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का विष्णु शर्मालाई चितवन अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले मंगलबार असार २६ गते १० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।
आरोपित शर्माविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा वैशाख ७ गते पीडितहरुले जाहेरी दिएका थिए । घटना वैशाख १ गतेको भए पनि डर-त्रासका कारण वैशाख ७ गते जाहेरी परेको र ७ गते नै अभियुक्त पक्राउ परेका थिए ।
केन्द्रमा आश्रित दुई पीडितले घटनाबारे छिमेकीलाई ढिला गरी भनेपछि घटना सार्वजनिक भएको हो ।
प्रतिक्रिया