डा. रोसी श्रेष्ठ, क्रसरोड डेण्टल ग्रुपकी संचालक हुन् । पोखरा मणिपालवाट दाँत सम्वन्धि डाक्टर पास गरेपछि अमेरिका आएर यहाँ पनि उनले आफ्नो पढाईलाई निरन्तरता दिईन् । यहाँ पनि दाँत सम्बन्धि डाक्टर सकेपछि उनले विभिन्न स्थानमा काम गरिन् ।
दुई बर्ष अघि आफ्नो कामवाट समुदायलाई नै सेवा दिने उद्देश्यले लसएन्जल्समा क्रसरोड डेण्टल ग्रुपको स्थापनामा रोसी सकृय भईन् । अहिले रोसीको क्रसरोड डेण्टलले दाँतसम्बम्धि विभिन्न प्रकारका विशेषज्ञसेवा दिदै आएको छ ।
दाँतसम्बन्घि उनको सल्लाह छ, दाँत दुखेपछि डाक्टर देखाउन जानु भनेको समस्या वढी बोकेर जानु हो, नियमित रुपमा दाँतको परिक्षण गराउनु उपयुक्त हुन्छ । हाम्रो मान्यता दात दुखेपछि डेन्टिशका जाने ठान्छन तर, यो गलत हो नदुखेपनि नियमित रुपमा देखाउनु उपयुक्त हुन्छ उनले भनिन् ।
दुखेपछि डेण्टिसकहाँजाँदा उपचार महंगो पर्छ रोसी भन्छिन् दाँत दुख्नु भनेका समस्या वढीसक्यो भन्ने बुझ्नु पर्छ । दाँत माझ्दा रगत देखियो भने डाक्टरकहाँ जानुपर्ने वेला भयो भन्ने वुझ्नु पर्छ उनले भनिन् ।
दाँतमा समस्यामा आउन नदिन दिनमा दुई पटक माझ्ने र नियमित रुपमा राम्रोसंग फ्लस पनि गर्नु पर्छ, उनको सुझाव छ ६ महिनामा डेण्टिसकोमा गई सेवा लिनु राम्रो हो ।
दाँतको हेरचाह वारेमा डा. रोसी श्रेष्ठसँग हिमालयखवरका लागि डोल्मा लामा र शंकर वाग्लेले लिइएको अन्तवार्ता
प्रतिक्रिया