मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रक्त क्यान्सरपीडित बालिकालाई सहयोगको अपिल

रक्त क्यान्सरपीडित बालिकालाई सहयोगको अपिल


चितवन । पूर्वी चितवनको रत्ननगर १५ स्थित माधवपुरकी आठ वर्षीया शिरिषा लामिछाने एक्कासि रक्त क्यान्सरबाट पीडित बनेकी छन् । उनको विगत जेठ २ गतेदेखि भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालको बेड नं १०६ मा उपचार भइरहेको छ । 
 
निमावि माधवपुरमा तीन कक्षामा पढ्दै गरेकी शिरिषा अचानक बिरामी परेपछि परीक्षणका क्रममा रक्त क्यान्सर देखिएको प्रधानाध्यापक बालकृष्ण ढकालले बताए । प्रअ ढकालले बालिकाको उपचारका लागि सबैले सहयोग गरिदिन आह्वान् गरेका छन् । 
 
पढाइमा राम्रो नतिजा ल्याउने गरेकी शिरिषा वैशाख अन्तिमसम्म नियमित हाजिर भएर पढ्दै आएकी अनुशासित छात्रा रहेको प्रअ ढकालले बताए । 
 
शिरिषाको परिवारको आर्थिक स्थिति नाजुक रहेकाले उपचार गर्ने सामथ्र्य नरहेको उनका ठूलोबुबा बाबुराम लामिछाने बताउँछन् । शिरिषाका बुबा फणिन्द्र दुवईमा सामान्य रोजगारी गरी फर्किएका छन् भने आमा हिरा गत असारदेखि घर छोडेर अन्यन्त्रै गएकी छन् । परिवारको कमजोर आर्थिक अवस्था अत्यन्तै कमजोर छ । 
 
पीडित बालिकालाई किमो चढाउन सुरू गरिएको छ । उनको उपचारका लागि करिब पाँच लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ । बालिकाको परिवारले खर्च जुटाउन गाह्रो भएकाले मनकारी व्यक्तिहरुले सहयोग गरिदिएर बालिकालाई बचाउन अनुरोध गरेका छन् । 
 
पीडित बालिकालाई सहयोग गर्न चाहने महानुभावले सो विद्यालयका प्रधानाध्यापक बालकृष्ण ढकालको मोबाइल ९८५५०६६२१८ वा ठूलो बुबा बाबुराम लामिछानेको मोबाइल ९८४५०७३५६५ मा सम्पर्क गरेर सहयोग गर्न सकिने छ । 
 
यस्तै, डम्बर धरेल स्मृति प्रतिष्ठानको मुक्तिनाथ विकास बैंक खोलेसिमल शाखाको ११०१०२००२५७४२४०००००१ मा सीधै रकम जम्मा गर्न सकिने विद्यालयले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares