मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी


काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् । 
 
उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी थिइन् । उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । 
 
संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए । 
 
राष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट
 
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरेका छन् । 
 
सो अवसरमा राष्ट्रपति भण्डारीले सोमबार यूएस बंगलादेश विमान दुर्घटनामा बंगलादेशका नागरिकको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् । 
 
उनले राजदूतमार्फत बंगलादेशका आफ्ना समकक्षी राष्ट्रपतिलाई समेत समवेदना सन्देश पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।