मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले र माओवादीबीच पार्टी एकीकरणमा कुनै शंका छैन : प्रचण्ड

एमाले र माओवादीबीच पार्टी एकीकरणमा कुनै शंका छैन : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतम नेतृत्वको कार्यदलको सुझाव आएपछि पार्टी एकताको टुंगो लाग्ने बताएका छन् ।
 
सोमबार देवघाटधामस्थित वेद–वेदाङ्ग विद्यालयको भवन शिलान्यास गर्दै प्रचण्डले पार्टी एकताको छलफल अगाडि बढिरहेको बताए ।
 
पार्टी एकताका विषयमा देखिएका शंका–उपशंंकाप्रति खण्डन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएरै छाड्ने दाबी गरे । उनले कार्यदलको रिपोर्ट आएपछिमात्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताए ।
 
प्रचण्डले देवघाट क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा निकै महत्वपूर्ण रहको भन्दै पशुपति क्षेत्रभन्दा पनि माथि जाने उद्घोष गरे ।
 
उनले देवघाटधाम देशकै पवित्र तीर्थस्थल रहेकाले सबैको साझा प्रयासमा संरक्षण र प्रर्वद्धन गर्न जरूरी रहेको बताए । देश विदेशबाट पनि देवघाटलाई निकै महत्वका साथ हेरिएको भन्दै प्रचण्डले आफू सरकारमा रहे पनि नरहे पनि देवघाटको विकासमा सधैँ लागिरहने प्रतिबद्धता जनाए ।
 
प्रचण्डले आध्यात्मिक चिन्तनका विद्वान जन्माउने कुरामा आफ्नो सहयोग रहेको भन्दै वेद–वेदाङ्ग विद्यालय निर्माणका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares