मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सहिद गौतमको परिवारलाई माओवादीबाट ६ लाख राहत

सहिद गौतमको परिवारलाई माओवादीबाट ६ लाख राहत


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ । 
 
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  
 
माओवादीले सहिद गौतमका श्रीमती, बुबा, आमा र छोरीलाई साथै राखेर राहत रकम प्रदान गरेको हो । माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । 
 
सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ । पुनर्वासमा कल्भर्ट बनाउने विषयमा सामान्य विवाद हुँदा  भारतीय सुरक्षाकर्मीको हातबाट गौतमको हत्या भएको थियो । सरकारका तर्फबाट रु १० लाख राहत रकम दिइसकिएको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares