खैरहनी । पूर्वी चितवनको खैरहनी–१, चैनपुरमा रहेको एन्जल्स फाउन्डेशनले कालिका नगरपालिका–५ का विपन्न बालबालिकाहरुका लागि शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।
स्थानीय समाजसेवी गौरीशङ्कर ब्लोनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कालिका–५ का अतिविपन्न २० बालबालिकालाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरिएको हो ।
एन्जल्स फाउन्डेशनकी अध्यक्ष लता शर्मा सिलवालको अध्यक्षतामा भएको कार्यक्रमका लागि रियल गोल्ड सीटीसी चियाले आर्थिक सहयोग गरेको थियो ।
एन्जल्स फाउन्डेशनले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विपन्न तथा गरिब बालबालिकाका लागि थुप्रैपटक यस्ता कार्यक्रम गर्दै आएको छ । मानवीय सेवा र भोलिका कर्णधारका लागि सहयोग गर्न पाउँदा असाध्यै खुसी लागेको अध्यक्ष सिलवालले बताइन् ।







प्रतिक्रिया