मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुसहरबस्ती निर्माणका लागि सुन्तली फाउन्डेसनलाई सहयोग

मुसहरबस्ती निर्माणका लागि सुन्तली फाउन्डेसनलाई सहयोग


बर्दिबास । महोत्तरी जिल्ला बर्दिवास–२ को मुसहर बस्तीलाई नमुना बस्ती बनाइने घोषणा गर्ने हास्यकलाकारद्वय धुर्मुस, सुन्तली र उनीहरु आबद्ध धुर्मुस–सुन्तली फाउन्डेसनलाई स्थानीय पशुपतिनगरका तरकारी उत्पादक किसानले रु ५० हजार सहयोग गरेका छन् । 
 
फाउन्डेसनको घोषणालाई सघाउन नमुना मुसहर बस्ती निर्माण सहयोग समिति नै गठन गरेर आफ्नो बस्तीमा स्वेच्छिक सहयोग सङ्कलन गरिएको समितिका संयोजक सुरजसिंह कुशवाहाले जानकारी दिए । 
 
यसैगरी बर्दिबास-२ का सामाजिक कार्यकर्ता गोविन्द पौडेलले रु २५ हजार, नेपाल पत्रकार महासङ्घ महोत्तरीबाट रु ११ हजार र सञ्चारकर्मी राजकरण महतोबाट रु १० हजार सहयोग  प्राप्त भएको फाउन्डेसनका कार्यक्रम संयोजक अर्जुन न्यौपानेले जानकारी दिए । 
 
त्यस्तै बर्दिबास अस्पतालका स्वास्थ्यकर्मी तथा गीतकार जीवनाथ पोखरेलले नमुना मुसहर बस्ती निर्माणका लागि बर्दिबास क्षेत्रका कर्मचारीले अभियान नै सुरु गरेको बताए । बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले त भौतिक सहयोग मात्र नभई बस्ती निर्माणमा श्रमदानसमेत गर्ने बताइसकेका छन् । 
 
यता बर्दिबास उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद गौतमले स्थानीय उद्यमीव्यापारी फाउन्डेसनको घोषणालाई हरतरहबाट सहयोग गर्न तयार रहेका बताए । फाउन्डेसनले  एकीकृत मुसहर नमुना बस्ती निर्माण गर्ने घोषणा गरेसँगै महोत्तरी जिल्ला र अन्य क्षेत्रबाट बढेको सकारात्मक चासोले उत्साहित बनाएको न्यौपानेले बताए ।  
 
 
यसैबीच, मुसहर बस्तीका पुराना घरटहरा हटाएर मुसहरहरुलाई पालमा सार्ने काम सकिएको छ । सडक, बिजुली, खानेपानीसहितका पूर्वाधारको बाल, अपाङ्ग, वृद्धवृद्धा र वातावरणमैत्री नमुना बस्ती निर्माणको शिलान्यास यही पुस २५ गते गरिने छ ।  फाउन्डेसनले २०७४ सालको नयाँ वर्षकै दिन ५० घरपरिवारका मुसहरलाई नयाँ वर्षको उपहारस्वरुप नयाँ घर हस्तान्तरण गर्ने जनाइएको छ ।  

शेयर गर्नुहोस:

0
Shares