मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिलो दलित महिला एलडिओ सम्मानित

पहिलो दलित महिला एलडिओ सम्मानित


भोजपुर । नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी (एलडिओ) सीता परियार भोजपुरमा सम्मानित भएकी छन् । 
 
नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा परियारलाई मङ्गलबार सम्मान गरेको हो । दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ । 
 
रुपकोट–२ कास्कीमा जन्मनुभएकी परियार भोजपुर जिल्लाको ३२आँै स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारीसमेत रहेकी छन् । उनले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसकेकी छन् । 
 
कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा दलित समुदायका लागि स्पष्ट व्यवस्था गरिएको बताए । रासस 

शेयर गर्नुहोस:

0
Shares