चितवन । गर्भवती महिलाको ज्यान गएपछि आक्रोशित भीडले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
बुधबार दिउँसो आक्रोशित भीडले अस्पतालको मुख्य गेटको सीसा तोडफोड गरेको अस्पतालले जनाएको छ । सो भीडलाई रोक्ने क्रममा तीन जना प्रहरीसमेत घाईते भएको प्रहरीले जनाएको छ ।
सुत्केरी बेथा लागेकी भरतपुर उपमहानगरपालिका वडा न ७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङका मृत्यु भएपछि अस्पतालमा मंगलबार बिहानैदेखि तनाव सिर्जना भएको थियो ।
उनलाई सुत्केरी बेथा लागेपछि सोमबार बिहान अस्पतालमा भर्ना गरिएको मृतककी बहिनी गोरी गुरुङले बताइन् । डेलिभरी केश नर्मल रहेको र ४र५ घण्टामा डेलीभरी हुने डाक्टरले बताए पनि दिउँसो सवा १२ बजेको समयमा अस्पतालको लापरबाहीले उनकोे ज्यान गएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेका हुन् ।







प्रतिक्रिया