चितवन । आमाबाबुले छाडेर टुहुरा बनेका रत्ननगर–१५ माधवपुरका संगीता गोले र लोकज्ञान गोलेलाई दसैँमा नयाँ कपडा र टीका लगाएर अभिभावकत्व प्रदान गरिएको छ ।
रोजगारीको लागि अमेरिकामा रहेका चितवन निवासी नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले व्यक्तिगत रुपमा ती दिदीभाइलाई नयाँ कपडा दिएर अभिभावकत्व प्रदान गरेकी हुन् ।
बुवाआमा नभएर दसैँमा निराश बनेका दिदीभाइलाई खैरहनी उच्च मावि जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षय कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेलले दसैँको दिन टीका लगाइदिएका थिए ।
श्रेष्ठले ती दिदीभाइलाई अमेरिकाबाट नयाँ कपडा पढाइदिएकी हुन् भने गजुरेल दसैँको दिनमै उनीहरुको मामा घर सिद्धि पुगेर टीका लगाएर खानेकुरा खुवाएका थिए ।
आमाबुवाले छाडेर दिदीभाइले पढ्न नपाएको समाचार सार्वजनिक भएपछि नेपाल जर्नीले उनीहरुलाई आवासीय सुविधासहित अध्ययन गर्ने जिम्मा लिएको थियो ।
दिदीभाइ अध्यायन गर्ने विद्यालय विन्ध्येश्वरी निमाविमा सञ्चालित छात्रबासमा उनीहरुलाई राखेर पढाउने व्यवस्था मिलाइएको थियो ।






प्रतिक्रिया