मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सैनिक र तिनका आश्रित परिवारलाई निःशुल्क बस

सैनिक र तिनका आश्रित परिवारलाई निःशुल्क बस


काठमाडौँ । नेपाली  सेनाले बडादसैँका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौँ उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बस सेवा सुरु गरेको छ । 
 
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबारदेखि सुरु भएको सो सेवाअन्तर्गत काठमाडौँदेखि इटहरी, हेटौँडा, दोलखा, रामेछाप,  चौतारा, त्रिशूली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बस सेवा सञ्चालन भएको छ  ।  सो सेवा प्रतिसैनिक चार जनाले लिन पाउने व्यवस्था मिलाइएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
यसैगरी सेनाले महानवमीदेखि एकादशी (असोज २४ देखि २६ गते) सम्म तीन दिन काठमाडौँ उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणको आवागमनमा सुविधा पु¥याउन छुट्टाछुट्टै मार्गमा बस सञ्चालन गर्ने जनाएको छ । 
 
ती बस प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि भद्रकालीबाट सञ्चालन हुने प्रबन्ध मिलाइएको र मार्गसम्बन्धी विवरण पछि जानकारी गराइने निर्देशनालयकोे विज्ञप्तिमा उल्लेख छ । रासस 

शेयर गर्नुहोस:

0
Shares