मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इनारमा हामफाल्दा छोरीको मृत्यु, आमा गम्भीर

इनारमा हामफाल्दा छोरीको मृत्यु, आमा गम्भीर


लहान । दूधे बच्चासहित इनारमा हामफाल्दा सिरहा धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । 
 
धनगढीमाई नगरपालिका– १२ विष्णुपुरका २८ वर्षीया हिरा खनालले आफ्नो एक वर्षीय छोरी दिलिसालाई बोकेर घरअगाडि रहेको इनारमा हिजो साँझ हामफल्दा छोरीको घटनास्थलमै मृत्यु भएको थियो । 
 
आमा हिरालाई भने प्रहरीले उद्धार गरी उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । 
 
हिराका श्रीमान् धु्व्र खनाल वैदेशिक रोजगारीको क्रममा दुबईमा छन् । मृतक बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । 
 
इनारमा बच्चासहित हामफाल्नुको स्पष्ट कारण भने खुल्न सकेको छैन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए । 

शेयर गर्नुहोस:

0
Shares