काठमाडौं, १७ फागुन । ‘रक्तदान जीवनदान’ मूल नारालाई आत्मसाथ गर्दै ‘मिस नर्स नेपाल’ का सहभागीले राजधानीमा रत्तदान गरेको छन् । मिस नर्स नेपालको आयोजना र नेक्स्ट मोडल्स नेपालको संयोजन रहेको उक्त बृहत रक्तदान कार्यक्रममा ३१ जना आफ्नो रगत दान गरे ।
आइतबार अबेर साझसँग नोबेल हस्पिटलको प्राङ्गण सिनामङ्गलमा आयोजित कार्यक्रमबाट संकलित रगत सोही नोबेल दिन हस्पिटललाई प्रदान गरिएको संयोजना नेक्स्ट अध्यक्ष रबि धमलाले जानकारी दिए । नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमला र एम.डी यत्ना पाण्डेको रत्तदानसँगै सुरु भएको कार्यक्रममा ‘मिस नर्स’ , ‘मोडल हन्ट’,‘ मोडल अफ द इयर’का सहभागीले उत्साहजनका रुपमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा मिस नर्स नेपालका तर्फबाट लक्ष्मी रिजाल, मोडल हन्ट नेपालबाट निराजन श्रेष्ठ, मोडल अफ द इयरबाट पंकज प्रसुनको पहलमा बिषेश थियो ।
कार्यक्रमबाट बिभिन्न गु्रपका रगतहरु उपलब्ध भएकोले स्वथ्य उपचारमा उक्त रगतक भरपुर प्रयोग हुने नोबेल हस्पिटलले जनाएको छ । नर्सहरुलाई समाजसेवासँग अझ जिम्बेवार बनाउन रक्त दान कार्यक्रममा नर्सिङ सुन्दरीलाई सहभागीता गराएको जोड्न रक्तदान कार्यक्रम आयोजना गरिएको नेक्स्ट मोडल्सका एम.डी यत्ना पाण्डेले जनाकारी दिइन् ।
प्रतिक्रिया