मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कतारमा कानूनी सहायता केन्द्र सञ्चालन

कतारमा कानूनी सहायता केन्द्र सञ्चालन


रवि रोषी, दोहा । कतारको मानवअधिकार समितीले नेपालीहरुको समस्या न्युनिकरणको लागि कानूनी सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । रेस्क्यु न्युजलाई प्रेषित सूचनामा सो कुरा जानकारी गराईएको हो ।

दोहा कतारमा रहेर विभिन्न पेशामा कार्यरत विभिन्न नेपाली दाजुभाई तथा दिदी बहिनीको समस्यालाई बुझेर त्यसको उचित परामर्श र समाधानको मार्ग प्रदान गर्ने केन्द्रको उद्धेश्य रहेको सो सेवा प्रदायक भूमिकामा प्रोफेसर रमजान अलि मियाँले  भोलेन्टियरको रुपमा सेवा दिदै आउनु भएको छ ।

Advertisement


उक्त मानवअधिकार समितीको मातहतमा सञ्चालित कानूनी सहायता केन्द्रमा नेपालीका तर्फबाट प्रोफेसर रमजान अलि मियाँले आफुलाई आई परेका कानूनी समस्या र बाधाहरुको बारेमा हरेक आइतवार देखि विहिवार सम्म विहान ८.२० देखि १०.२० सम्म सम्पर्क गरेर परामर्श सेवा प्राप्त गर्न सकिने बताउनु भएको छ ।

यस अभियानलाई अझ प्रभावकारी बनाउनको लागि थप एक जना सहायक पनि शिघ्र उपलब्ध गराउने र श्रमिकका समस्या बुझ्न नेपालीहरुको वसोवास रहेको बिभिन्न क्याम्पहरुमा गइ कार्यक्षेत्रमा पुगेर अनुगमन कार्य पनि सुरु गरिने कुरा जानकारी गराउनु भयो  । यस अभियानले  सम्बन्धित क्षेत्रमा कत्तिको प्रभाव र समस्या न्यूनीकरण गर्न सफल रह्यो भन्ने लेखाजोखा गर्नको लागि त्रैमासिक रुपमा समिक्षा बैठक बसी जायजा लिने पनि बताउनु भएको छ ।

नेपाली समाजको हिताय अन्य के कस्तो कार्यक्रम ल्याउदा थप प्रभावकारी हुन्छ सो का लागि समाजले सहायता केन्द्रलाई राय सुझाव प्राप्त हुनेछ भन्ने कुरामा पनि आफु बिश्वस्त भएको प्रोफेसर मियाले बताउनु भयो  ।

शेयर गर्नुहोस:

0
Shares