मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्व क्रिकेट वरियतामा पारस खड्का ६४ औं स्थानमा

विश्व क्रिकेट वरियतामा पारस खड्का ६४ औं स्थानमा


नेपाली क्रिकेट टोलीका कप्तान पारस खडका ट्वान्टी-२० अन्तर्राष्ट्रिय विश्व वरीयता क्रममा फड्को मार्दै  ६४ औं स्थानमा पुगेका छन् । शीर्ष सयमा अन्य नेपाली खेलाडीहरु ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर पनि परेका छन्। शरद ८१ औं र ज्ञानेन्द्र ८६ औंं स्थानमा छन्।
 
गतवर्ष विश्व ट्वान्टी-२०मा गरेको प्रदर्शनका आधारमा शरद विश्व वरीयताको शीर्ष सय भित्र छिर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका थिए । त्यसबेला उनी ७६ औं स्थानमा थिए ।
 
नेदरल्यान्ड्ससँग अघिल्लो महिना भएको चार ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलापछि पारसको वरियतामा स्थान माथि उक्लेको हो । नेपालले शृंखला ३-१ ले गुमाए पनि पारसले ११७.०९ को स्ट्राइक रेटमा १ सय ३७ रन बनाएका थिए । शृंखलामा नेपालबाट म्यान अफ द सिरिजमा चुनिएका पारसले अन्तिम खेलमा ५४ रन बनाएका थिए । यो उनको पहिलो र नेपाली खेलाडीको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो ।
 
बलिङ वरियतामा वसन्त रेग्मी शीर्ष सय भित्र पर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । पछिल्लो वरियतामा उनी ८३औं स्थानमा छन् । उनको ३ सय ४२ रेटिङ अंक छ । नेदरल्यान्ड्ससँगको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा वसन्तले ५ विकेट लिएका थिए। बसन्तले नेपालबाट सर्वाधिक ८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्नेक्रममा १० विकेट लिइसकेका छन्।
 
ब्याटीङ तर्फको विश्व वरियतामा भारतका विराट कोहली पहिलो नम्बरमा छन् भने  अष्ट्रेलियाका एरोन फिन्च दोस्रो तथा इंग्ल्याण्डका एलेक्स हेल्स तेस्रो स्थानमा छन्।