मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बलिउडका गायक मिका सिंह पक्राउ

बलिउडका गायक मिका सिंह पक्राउ


बलिउडका चर्चित पाश्र्व गायक मिका सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई दिल्लीको इन्द्रपुरी प्रहरी चौकीका प्रहरीले पक्राउ गरेका हुन् । 
 
११ अपि्रलमा आयोजित डाक्टरहरुको एक सम्मेलनमा उनी गीत गाउन पुगेका थिए ।सोही समयमा उनले एक डाक्टरमाथि थप्पड प्रहार गरेको आरोप लगाइएको छ । 
 
केही दर्शकहरुलाई मञ्चमा बोलाएका मिकाले डाक्टरमाथि भने हात नै हालेका थिए । सोही आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ । 
 
उनलाई अब कस्तो कारवाही हुन्छ खुलाइएको छैन ।
बलिउड चलचित्रका गीतमा आवाज दिन थालेपछि मिका चर्चामा छन् ।
 

शेयर गर्नुहोस:

0
Shares